काठमाण्डू, २९ मंसिर । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको टीममा पर्न लबिङ गरे पनि त्यहाँ स्थान नपाउँदा स्वतन्त्र रूपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् ।
अब पन्तलाई ईश्वर पोखरेलको प्यानलमा समेटिने तयारी भइरहेको बताइएको छ, जसले आगामी महाधिवेशनमा उपाध्यक्ष पदको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।
३० मङ्सिर २०८२, सोमबार ०३:४२ मा प्रकाशित