चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको आशंकामा उद्धार सुरु

श्याम खतिवडा

काठमाडौं । रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको आशंकामा उद्धार कार्य सुरु गरिएको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराजा महर्जनसहितको टोली उद्धारमा खटिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले पनि सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएको बताएका छन् ।

सांसद न्यौपानेले उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञान कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे जानकारी लिने, आवश्यक सुझाव दिने तथा आवश्यकता परे प्रत्यक्ष रूपमा उद्धारमा सहभागी हुने उद्देश्यले घटनास्थलतर्फ जान लागेको बताएका छन् ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट चिलिमे जलविद्युत् आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ ।

प्रतिक्रिया