एकैदिन तोलामा ६ हजार ९ सयले घट्यो सुनको मू्ल्य

nepaltext.com

ठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार झर्दै २ लाख ४२ हजार ८ सय रुपैयाँमा स्थिर भएको हो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी आइतबार १५० रुपैयाँले सस्तिएर ३ हजार १३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रतिक्रिया