काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा दिउँसो २ः३० सम्म एक चौथाई मत मात्रै खसेको एमाले नेता कुसान लामाले जानकारी दिए।
नयाँ नेतृत्व चयनका लागि २२६३ जना मतदाता उपस्थित छन्। मतदान भित्र भइरहेको छ भने बाहिर नेताहरू र कार्यकर्ताहरू आ–आफ्नो पक्षमा मत माग्दै प्रचार–प्रसार गरिरहेका छन्।
२ पुस २०८२, बुधबार ०३:३१ मा प्रकाशित