हर्क साम्पाङद्वारा निलम्बनमा परेका डा. मित्र परियार नेकपामा प्रवेश

श्याम खतिवडा

काठमाडौं । श्रम संस्कृति पार्टीको उपाध्यक्ष पदबाट निलम्बित डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपाका संयोजक प्रचण्डले उनलाई आज बिहान पार्टीमा स्वागत गरेका हुन् । यसका लागि परियार प्रचण्डको हात्तीवनस्थित निजी निवास पुगेका थिए, जहाँ औपचारिक रूपमा पार्टी प्रवेश गराइएको स्रोतले जनाएको छ ।

यसअघि बुटवलमा केही दिनअघि आयोजित एक सभामा परियारले दिएको अभद्र शैलीको अभिव्यक्तिका कारण विवाद उत्पन्न भएको थियो । सोही सभामा उनले श्रम संस्कृति पार्टीका जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक तथा अपमानजनक ढंगले गालीगलौज गरेको आरोप लागेको थियो । उक्त घटनापछि पार्टी अध्यक्ष हर्क साम्पाङले परियारलाई उपाध्यक्ष पदबाट निलम्बन गर्ने निर्णय गरेका थिए । निलम्बनको केही समयपछि नै परियारले नेकपामा प्रवेश गरेपछि राजनीतिक वृत्तमा यसलाई अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ ।

प्रतिक्रिया