जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको साढे ३ लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा राखेको छ। संस्थाले ३ लाख ५१ हजार ४४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।
हाललाई उक्त शेयरमा संस्थाका कायम संस्थापक शेयरधनीले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीले तोकिएको वा सोभन्दा बढी मूल्यमा बोलकबोल गरी आवेदन दिनुपर्नेछ।
शेयर खरिदका लागि ३५ दिनभित्र मोरङको कटहरी–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिन सकिनेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गरिने संस्थाले जानकारी दिएको छ।
१० भदौ २०८२, मङ्गलबार ११:५० मा प्रकाशित