७ मंसिर, काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनलाई नियन्त्रणमा लिएको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ। उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ। उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको बताइएको छ। स्रोतका अनुसार उनीहरूलाई हाल म्याद थपका लागि विशेष अदालतमा पेश गरिएको छ।
१८ मङ्सिर २०८२, बुधबार ०२:१५ मा प्रकाशित