नेपाली बजारमा सुन घट्यो, चाँदी बढ्यो

nepaltext.com

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँले सस्तो भएको हो। यससँगै छापावाल सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँमा झरेको छ। हिजो प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेर ३ हजार ६०० रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ३ हजार ५८५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया