सोमबार सेयर बजारमा १०.५३ अंकको गिरावट, कारोवारमा ४ अर्ब ७७ करोड

nepaltext.com

काठमाडौं, ४ पुस । आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार सामान्य ‘करेक्सन’ आएको छ। बजार १०.५३ अंकले घटेर २६२२.८८ बिन्दुमा ओर्लिएको छ, जसले ०.८८ प्रतिशतको गिरावट देखाउँछ। विकास बैंक र म्युचअल फन्ड बाहेक सबै उपसूचकको मूल्य घटेको छ, विशेषगरी ‘अन्य’ उपसूचकका लगानीकर्ताले ०.८२ प्रतिशत घाटा व्यहोरेका छन्। सोमबार ३ सय ३७ धितोपत्रको ६९,५४८ कारोबारबाट १ करोड ३७,३०७ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँमा सीमित रह्यो। आइतबार ४७ अंकले बढेको बजारमा ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। सोमबार सबैभन्दा धेरै मूल्य वृद्धी एसवाई प्यानल नेपाल लिमिटेडमा देखियो, जसको मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ८८० रुपैयाँ पुगेको छ। यसबाहेक ग्लोबल आइएमई समुन्नत योजना-२, कर्पोरेट विकास बैंक लिमिटेड, सप्तकोशी विकास बैंक, र ग्रिन डेभलपमेन्ट बैंकका धितोपत्रहरूको मूल्य समेत बढेको छ। त्यस्तै, सबैभन्दा धेरै घाटा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले व्यहोरेका छन्, जसको मूल्य १० प्रतिशत घटेर १४९६.१० रुपैयाँ कायम भएको छ। सुपर मादी हाइड्रो, मानुषी लुघवित्त वित्तीय संस्था, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक लगायतका धितोपत्रमा पनि गिरावट आएको छ, तर धेरै कारोबार भएको धितोपत्र भने एसवाई प्यानल लिमिटेड नै रहेको छ।

प्रतिक्रिया