परिवर्तन-परिवर्तन-परिवर्तन! अब के गरेर हुन्छ त परिवर्तन फेरि मोटर बाटो खनेर खानेपानीको धारा घर घरमा बनायर मठ मन्दिर गुम्बा स्तुपा बनायर हो अब यो बिकाश को कामलाई यक ठाउँमा राखुम म बिकाश बिरोधि होइन 200% तर अब कुरा के चाहिँ हो भने यहीँ निति यहीँ नियम यहीँ बिधि यहीँ बिधान हो भने खै त जनतालाई सुशासन खै जनताको आवश्यकता राम्रो सुशासन हो अरु कुरा होइन बिदेश जान 50 लाख रिन पाउने आफ्नो ठाउँमा केही गर्छु भन्दा रिन नपाउने ?? अबको केही बर्ष मा सबै जिल्ला जिल्ला गाउँ गाउँ पालिका नगर पालिका वडा सबै खालि हुदै छ यसमा अब बनाउने सरकारले निति चाहि अलि राम्रो बनाउनु पर्छ यो देशमा केही गरि खान्छु भन्ने लाई बिना ब्याज बिना धितो रिन पाउनुपर्छ कृषिमा लगानी बढाउनु पर्छ उत्पादन हुने कुरा मात्रै लगानी गरोै सरकारी स्कुलको शिक्षा मा गुणस्तर ल्याउनुपर्छ म धेरै भन्दिन अबको 3 देखि 5 बर्ष मा हाम्रो गाउँ चाहिँ पुरै खालि हुन्छ यस्तै भयो भने अब बनाउने स्थानीय तहले उत्पादन हुने कुरा मा मात्रै लगानी गर्नुपर्ने देखिन्छ एउटा घरमा एक जना अनिवार्य बस्नुपर्छ नबसे वडा र पालिको सुबिधा नपाउने नियम बनाउनुपर्छ स्थानीय तहको चुनाव मा कम्तीमा 8 पास गरेको र उमेरको हकमा 20 बर्ष माथि 45 बर्ष नपुगेको हुनुपर्छ एउटा दल बाट 5 जना उमेदवार उठ्नु हुन्छ प्रत्तेक सदस्य लाई आफ्नो आफ्नो जिम्मेवारी दिने ताकि आफ्नो काम गर्न वडा अध्यक्ष सग छलफल गरेर भोलि गरुला भन्ने होइन तुरुन्तै तेहिबाट निर्णय गर्ने सेतो लाई सेतो कालो कालो छुट्टाउनु पर्छ काम को बिभाजन
1. शिक्षा - वडा सदस्य आफ्नो वडा भित्र कति वटा स्कुल छ 10 /5 बजे सम्म स्कुलमा मात्रै हेर्न कुन शिक्षा आउनु भयन कुन बिद्यार्थी आयनन तेहि बाट सुरु गर्ने शिक्षाको हकमा यदि छुट्टी चाहिन्छ भने स्कुल बेवास्तापान समिति र अध्यक्ष र वडा सदस्य को चिठी चाहिन्छ नआएको दिन तलब काटिने
2. कृषि - कृषि अनुदान कसरी बढाउने के के आवश्यकता पर्छ भुगोल अनुसार उत्पादन बढाउने त्यो अनुसार जनतालाई सामग्री डेलिभरि गर्ने
3. स्वास्थ यसमा महिला सदस्य स्त्री समन्धी सबै बिशेष नयाँ कार्यक्रम गर्ने गराउने
4. उद्योग भुगोल अनुसार कुन ठाउँमा के उत्पादन हुन्छ तेसको करखाना खोल्ने
यसरी काम लाई बिभाजन गरेर सबै जिम्मेवारी दियौं भने परिवर्तन गर्न धेरै समय लाग्दैन अहिलेसम्म काठमाडौं इन्डिया बिदेश भयको युवा युवती सबै गाउँ फर्केर आउने बाताबरण बन्छ आफ्नो ठाउँको माया सबैलाई छ तर केही सुबिधा नभय पछि सबै गाउँ छोडेको एउटा वाहाना छ बच्चा पढाउन काठमाडौं जानैपर्छ बादलले दुख दियौं खेति केही हुदैन केही उत्पादन भयो ब्रिकृी हुदैन कसम भित्रै बाट चित्त दुख्छ l अब यसरी हुदैन परिवर्तन गर्नुपर्छ सम्भावना धेरै छ अब तपाई हामी जस्तो युवा गाउँमा बस्नुपर्छ हामीले के सोच्नुपर्छ भने अरुसग आस गरेर होइन हामी आफै ले बर्ष को यति तार्गेट भनेर बचाउन सक्छौं भन्ने आट गर्नु पर्छ महिले कसैलाई दोषी देखायको होइन यो आजको आवश्यकता हो।। जय देश जय जन्म भुमि