२४ मंसिर, काठमाडौं । बुधबार सेयर बजार ७.८६ अंकले घटेको छ। सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ। कारोबार रकम सामान्य घटेको छ। अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको कारोबार भएको छ।
बजारमा ७९ कम्पनीको मूल्य बढ्दा १६९ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो। सबै सेक्टरका सूचक घटेका छन्, यद्यपि सबैको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ। बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ र व्यापार ०.०२ प्रतिशतले घटेका छन्।
आज तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरू हुन्: स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल, जसमध्ये एसवाई प्यानल आजैदेखि कारोबारमा आएको हो। त्यस्तै, लक्ष्मी लघुवित्तको मूल्य ८.७६ प्रतिशत र थ्रीस्टार हाइड्रोपावरको मूल्य ७.१४ प्रतिशतले बढेको छ।
झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशतले घटेको छ। हिमस्टार ऊर्जा कम्पनीको मूल्य ५.०५ प्रतिशत, सुपर मादी हाइड्रोपावर ४.५९ प्रतिशत र माबिलुङ इनर्जी ४.४९ प्रतिशतले घटेको छ।
आज धेरै कारोबार भएका पाँच कम्पनीहरूमा श्रीनगर एग्रिटेक, ङादी ग्रुप, युनिभर्सल पावर, सागर डिस्टिलरी र हिमालयन रिइन्स्योरेन्स रहेका छन्।