मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

श्याम खतिवडा

४ पुस, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने कार्यक्रम छ । यादव गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए र मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि उनले विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया