काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको हो, जुन हालसम्मकै उच्च मूल्य हो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ रहेको चाँदी मंगलबार २० रुपैयाँले बढेर तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
८ पुस २०८२, मङ्गलबार ११:१८ मा प्रकाशित