नेप्से ३ अंकले घट्यो, करिब ४ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार

nepaltext.com

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार सामान्य अंकले घटेको छ। आज बजार बन्द हुँदा नेप्से ३ अंकले घटेर परिसूचक २६०६.६७ बिन्दुमा झरेको हो। नेप्से सूचकमा गिरावट आउँदा आज ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ४६ हजार ४०० कित्ता सेयर कारोबार भएको छ।

बजार बन्द हुँदा ९९ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने १४७ वटा कम्पनीको सेयर मूल्य घटेको देखिन्छ। यद्यपि १२ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। दिनभरमा ३३१ कम्पनी कारोबारमा सहभागी हुँदा कुल ८३ हजार २७३ पटक सेयर किनबेच भएको थियो।

आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कुल १३ समूहमध्ये हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र ट्रेडिङ समूहबाहेक बाँकी सबै समूहमा गिरावट देखियो।

प्रतिक्रिया