महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा जेनजी युवाको विरोध प्रदर्शन

nepaltext.com

काठमाडौं, १० मंसिर । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा विरोध प्रदर्शन भएको छ। बुधबार बिहान जेनजीका युवा बजार क्षेत्रमा प्लाकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए।

जेनजी आन्दोलनका २३ र २४ गतेका घटनापछि एमाले नेतृत्वको सरकारमा परिवर्तन आएपछिका गतिविधिहरूमा बस्नेत जेनजी युवाप्रति आक्रामक देखिन थालेका छन्। त्यसको प्रतिक्रिया स्वरूप जेनजी युवाले पनि निरन्तर विरोध प्रदर्शन गरिरहेका छन्।

गत ४ मंसिरमा बाराको परवानीपुरमा बस्नेतको कार्यक्रममा सहभागी हुने खबर पाएपछि जेनजी युवाहरूले त्यहाँ विरोध प्रदर्शन गरेका थिए, जसले दुई दिनसम्म सिमरामा असान्ति सिर्जना गरेको थियो। त्यसैगरी ७ मंसिरमा इटहरीमा बस्नेतको कार्यक्रममा जाँदै गर्दा उनका गाडीमा दुई जेनजी युवाले रातो रङ भरिएका बेलुन प्रहार गरेका थिए।

मंगलबार सुर्खेतमा पनि बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै केही युवा विरोध प्रदर्शनमा उत्रिएका थिए।

प्रतिक्रिया