भोलि समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

nepaltext

काठमाडौँ — निर्वाचन आयोग ले भोलि समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने भएको छ।

आयोगका अनुसार बिहीबार बिहान ११:३० बजे कान्तिपथस्थित आयोगको कार्यालयमा आयोजित कार्यक्रममा समानुपातिकतर्फ चयन भएका सांसदहरूले आफ्नो निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्नेछन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन बाट समानुपातिक प्रणालीअन्तर्गत ११० जना सांसद निर्वाचित भएका थिए भने प्रत्यक्षतर्फ १६५ जना चयन भएका थिए। प्रत्यक्ष प्रणालीबाट निर्वाचित सांसदहरूले भने यसअघि नै प्रमाणपत्र प्राप्त गरिसकेका छन्।

नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गतेका लागि तय गरिएको छ।

प्रतिक्रिया