राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीले आफैँ भंग गरे युनियन

nepaltext

काठमाडौँ । सरकारको निर्णयको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरूले आफ्नै युनियन भंग गरेका छन्।

सरकारले शासकीय सुधारका लागि पारित गरेको १०० कार्यसूचीमा युनियन खारेज गर्ने निर्णय समेटिएपछि सो निर्णयलाई समर्थन जनाउँदै कर्मचारीहरूले स्वयं युनियन भंग गरेका हुन्।

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजु ओलियाले आजदेखि लागू हुने गरी युनियन भंग गरिएको जानकारी दिएका छन्। सरकारको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै यस्तो कदम चालिएको उनले बताएका छन्।


प्रतिक्रिया