गृहमन्त्री सहभागी कार्यक्रममा विराेध गरेपछि जेनजी घाइते खड्का प्रहरी नियन्त्रणमा

nepaltext

काठमाडौं । सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित कार्यक्रममा गृहमन्त्रीसहित विभिन्न मन्त्रीहरू सहभागी भइरहेका बेला खड्काले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका थिए ।

‘सरकारले केही नगरेको’ भन्दै आफूलाई बोल्न दिनुपर्ने माग राखेर उनले आवाज उठाएपछि सुरक्षाकर्मीले उनलाई कार्यक्रमस्थलबाट नियन्त्रणमा लिएका हुन् ।

जेनजी आन्दोलनका क्रममा घाइते भएका खड्काले कार्यक्रममा विरोध जनाउँदै सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका थिए । तर, उनको विरोधपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएर कार्यक्रमस्थलबाट बाहिर लगेका थिए ।

प्रतिक्रिया