१४ पुस, काठमाडौँ । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या चार पुगेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बन्दसूची बुझाउने अन्तिम दिन रहेकाले दलहरूको चहलपहल आयोगमा बढेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन्। बाँकी दलहरूले पनि तोकिएको समयसीमाभित्र बन्दसूची बुझाउने तयारी गरिरहेको आयोगले जनाएको छ।
१४ पुस २०८२, सोमबार १२:२२ मा प्रकाशित