काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो खेलमा जनकपुर बोल्ट्सले आफ्नो पहिलो जित निकाल्दै उत्साहजनक प्रदर्शन गरेको छ। मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेट र १५ बलले पराजित गरेको हो।
चितवन राइनोजले जनकपुरलाई निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७७ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७.३ ओभरमै ४ विकेट गुमाएर १८० रन बनाउँदै जीत सुनिश्चित गर्यो।
जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए, तर उनले दिएको लक्ष्य जनकपुरले सजिलै पूरा गर्दै पहिलो जित हात पारेको हो।
१७ मङ्सिर २०८२, मङ्गलबार ०४:२४ मा प्रकाशित