काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो, जुन हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ निर्धारण गरिएको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच सोमबार चाँदीको मूल्यमा पनि परिवर्तन देखिएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ४ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार प्रतितोला २ हजार २३५ रुपैयाँ पुगेको छ ।
७ पुस २०८२, सोमबार ११:४३ मा प्रकाशित