काठमाडौं । सेयर बजार परिसूचक आज मंगलबार पुनः हरियो बन्दा छ दिनको लगातार गिरावट अन्त्य भएको छ। आज परिसूचक ७.३९ अंकले बढ्दै २६१४.०७ विन्दुमा पुगेको छ। बजार ओरालोबाट फर्किए पनि कारोबार रकम भने घटेको देखिएको छ। आज समग्र बजारमा ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा १४८ कम्पनीका सेयर मूल्यमा वृद्धि देखियो भने १०१ कम्पनीको मूल्य घट्यो। त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो। सूचिकृत १३ समूहमध्ये चार समूहका सूचक भने ओरालो लागे, बाँकी समूहका सूचकमा सामान्य वृद्धि देखिएको छ। सबै समूहमा उतारचढाव १ प्रतिशतभन्दा कमको दायरामा सीमित रह्यो।
आजको बजारमा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र माथिल्लो मैलुङखोला जलविद्युतका सेयरमा सकारात्मक सर्किट लागेको छ।
२४ मङ्सिर २०८२, मङ्गलबार ०४:४२ मा प्रकाशित