सुनको मूल्यले फेरि तोड्यो ऐतिहासिक रेकर्ड, प्रतितोला २ लाख ८४ हजार रुपैयाँ

nepaltext.com

काठमाडौं । आज सुनको मूल्यले फेरि एकपटक ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको अनुसार सुनको मूल्य प्रतितोला २७०० रुपैयाँले बढेर २ लाख ८४ हजार ७०० रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ पुगेको छ, अघिल्लो दिन यो मूल्य ५ हजार ८१० रुपैयाँ रहेको थियो । यसबारे सुनचाँदी बजारमा उत्साह बढेको र उपभोक्ताको चासो पनि उच्च रहेको देखिन्छ ।

प्रतिक्रिया