काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा पुगेको छ, भने हिजो यसको मूल्य २ लाख ५४ हजार १ सय रुपैयाँ थियो। यस्तै, चाँदीको भाउ पनि आज घटेको छ। चाँदी तोलामा ३० रुपैयाँले घटेर ३६ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि हिजो यसको मूल्य ३६ सय ५५ रुपैयाँ रहेको थियो।
१९ मङ्सिर २०८२, बिहिबार ०१:०८ मा प्रकाशित