अशोक कुमार अग्रवाल एनआइसी एशिया बैंकको अध्यक्ष नियुक्त

nepaltext.com

काठमाडौं । नेपाल बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव राख्ने अशोक कुमार अग्रवाललाई एनआइसी एशिया बैंकको अध्यक्ष पदमा नियुक्त गरिएको छ। बैंकको सञ्चालक समितिको पुस ९ गते बसेको ७४४ औँ बैठकले सोही मितिदेखि लागू हुनेगरी उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त अध्यक्ष अग्रवालले पद तथा गोपनियताको सपथ नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट ग्रहण गरेका छन्। बैंकको अध्यक्ष पदमा पुग्दा उनी नेपालको बैंकिङ, वित्तीय, बीमा तथा कर्पोरेट क्षेत्रमा आफ्नो लामो अनुभव र सफल नेतृत्व प्रस्तुत गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याउने विश्वास राख्छन्।

उच्च नेतृत्व क्षमता, स्पष्ट रणनीति र दीर्घकालीन योजनामा विश्वास गर्ने अग्रवालको कार्यकालमा बैंकले थप उपलब्धि हासिल गर्दै प्रतिष्ठाको नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया