नेपाली बजारमा सुनको मूल्यले तोड्यो सबै रेकर्ड

nepaltext.com

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो । महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै भएको उल्लेख गरिएको छ । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया