फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा एक पक्राउ

nepaltext

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुंगलका ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई साइबर ब्युरोबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

निजलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोका प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले राससलाई जानकारी दिए ।

प्रतिक्रिया