नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु २ लाख ३७ हजार २ सय मा कारोबार भएको छापावाल सुन आज रु २ लाख ३७ हजार ८ सय पुगेको हो। अर्थात्, एकैदिनमा सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला रु २ हजार ९ सय ९० मा कारोबार भएको चाँदी आज रु ३ हजार १० पुगेको छ।
बजार विश्लेषकका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दो क्रममा रहेकाले यसको प्रभाव नेपाली बजारमा समेत देखिएको हो।
२१ कार्तिक २०८२, बिहिबार ११:५३ मा प्रकाशित