प्रचण्डको दावी: “भारतसँग सीमा विवाद सिधा उठाउने पहिलो प्रधानमन्त्री म नै हुँ”

nepaltext.com

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा विवाद समाधानका लागि भारतीय पक्षसँग सिधै कुरा उठाउने पहिलो प्रधानमन्त्री आफू भएको दाबी गरेका छन्।

विराटनगरमा सम्पन्न १ नं. प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले भने, “म पछिल्लो पटक प्रधानमन्त्री भएर भारत गएको बेला कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरेँ। इतिहासमा पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादमार्फत समाधान गरिने भनेर सार्वजनिक घोषणा गर्न बाध्य बनाएको हो।”

प्रचण्डले कार्यकर्तालाई जनस्तरमा समेत यो विषय बुझाउनुपर्ने आवश्यकता रहेको पनि बताए।

प्रतिक्रिया