दोलखामा ट्याक्टरको ढालाबाट खसेर पुरुषको मृत्यु, चालक फरार

nepaltext.com

दोलखाको विगु गाउँपालिकामा ट्याक्टरको ढालाबाट खसेर एक पुरुषको मृत्यु भएको छ।

स्थानीय ४० वर्षीय मानबहादुर थामी विगु–६ मा हिजो बेलुकी दुर्घटनामा परेका थिए। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार, आज बिहान करिब ९ बजे प्रहरी चौकी विगुमा घटनाको जानकारी प्राप्त भएको थियो।

प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रारम्भिक जानकारीअनुसार, चिम्टे रथालबाट आलम्पु तर्फ ढुङ्गा लोड गर्दै आउँदै गरेको प्र १–०१–००१ त ८८७२ नम्बरको ट्याक्टरको ढालाबाट थामी खस्दा उनको मृत्यु भएको हो।

दुर्घटनापछि ट्याक्टर घटनास्थलमै छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ। फरार चालकको नाम, थर र वतन सार्वजनिक गरिएको छैन। प्रहरीले उनको खोजी तीव्र पारेको छ।

प्रतिक्रिया