९ मंसिर, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिनमा तोलामा ५ हजार २ सयले उक्लिँदै तीव्र वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन लगातार केही दिनको गिरावटपछि फेरि बलियो उकालो लागेको हो। यसअघिको रेकर्डअनुसार असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, अर्थात् प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा पुगेको थियो।
यससँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी तोलामा ८५ रुपैयाँले उक्लँदै प्रतितोला ३२०० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन यसको मूल्य ३११५ रुपैयाँ थियो। चाँदी पनि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला ३३५० रुपैयाँ पुगेको रेकर्ड छ।
१० मङ्सिर २०८२, मङ्गलबार ११:४१ मा प्रकाशित