कांग्रेस सभापति गगन थापाद्वारा पदबाट राजिनामा

nepaltext

काठमाडौँ । गगन थापाले नेपाली काँग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।

यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उक्त क्षेत्रमा उनी अमरेशकुमार सिंहसँग पराजित भएका हुन्।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै उनले सभापति पद छाड्ने निर्णय गरेका थिए। थापा यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए।

उनको राजीनामाबारे पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ। उक्त बैठक शुक्रबारका लागि बोलाइएको छ।

प्रतिक्रिया