सुशीला कार्की सरकारमा ३ नयाँ मन्त्री थप, आजै शपथ हुने

nepaltext.com

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ३ जना नयाँ मन्त्री थप गरेको छ। राष्ट्रपति कार्यालयमा मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम पुगेको छ।

स्रोतका अनुसार, अन्सारीले कुन मन्त्रालय पाउने हो भन्ने अझै खुलाइएको छैन। पत्रकार खरेल सूचना तथा सञ्चार प्रविधि मन्त्रालय सम्हाल्नेछन् भने वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी लिने भएका छन्।

उनको नियुक्ति र शपथ आजै शीतल निवासमा हुने तयारी भइरहेको छ।

यसअघि कार्की नेतृत्वको सरकारमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश आर्याल मन्त्री भइसकेका छन्। खनालले अर्थ मन्त्रालय, घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय र अर्यालले गृह तथा कानुन मन्त्रालय सम्हालेका छन्।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित ११ जनाभन्दा बढी नबनाउने पनि स्पष्ट पारेकी छिन्।

प्रतिक्रिया