एमाले उपमहासचिवमा राजेन्द्र गौतमको स्वतन्त्र उम्मेदवारी

nepaltext.com

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । पदाधिकारी चयनको क्रममा सार्वजनिक भएका नामप्रति असन्तुष्टि जनाउँदै उनले उम्मेदवारी दर्ता गराइसकेको बताएका हुन् । ‘फारम भरेर हातमा पैसा लिएर बसेको छु, अब मेरो उम्मेदवारी फिर्ता हुँदैन’, गौतमले भने । उनका अनुसार आफ्नो विषयमा यसअघि नै पार्टी अध्यक्षलाई जानकारी गराइसकिएको थियो । तर प्रचारमा आएका नामहरूले आफूलाई स्वीकार्य नलागेपछि उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताए । ‘मेरो बारेमा पार्टी अध्यक्षलाई भनेकै थिए । तर जस्तो नामहरु प्रचारमा आयो, अब म उपमहासचिव उम्मेद्वार बन्छु,’ गौतमले भने ।

प्रतिक्रिया