आज सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

nepaltext.com

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाइ छोएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु २ लाख ४८ हजार ५ सय कायम भएको छ, जुन सोमबारको तुलनामा ८ हजार १ सय रुपैयाँले बढी हो ।

यसअघि सोमबार प्रतितोला रु २ लाख ४० हजार ४ सय मा कारोबार भएको सुन एकैदिन ठूलो वृद्धिसहित नयाँ रेकर्डमा पुगेको हो ।

यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । सोमबार प्रतितोला रु ३ हजार २ सय २० मा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले बढेर रु ३ हजार ३२५ पुगेको छ ।

लगातारको वृद्धि पछि सुन–चाँदी बजारमा नयाँ उत्साह देखिएको छ भने खरिदकर्ताहरू भने मूल्य अझ बढ्ने आशंकामा ‘पर्ख र हेर’ रणनीतिमा छन् ।

प्रतिक्रिया