काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्द सत्र अध्यक्ष मण्डल नबनाई सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्र सञ्चालन गरेका छन्। केन्द्रीय कमिटीका पदाधिकारी मञ्चमा रहेका छन् भने स्थायी कमिटी र पोलिटब्यूरोसहितका प्रतिनिधि तल बसेका छन्। अध्यक्ष ओलीले बन्द सत्र अध्यक्षले सञ्चालन गर्ने र अध्यक्ष मण्डल नबनाउने बताउँदै सत्र सुरु गरेका हुन्। यसअघि भएको सचिवालय बैठकले पनि अध्यक्ष मण्डल नबनाउने निर्णय गरेको थियो।
२९ मङ्सिर २०८२, आईतबार ०३:४५ मा प्रकाशित