काठमाडौँ, १३ पुस । नेपाली कांग्रेसले यसपटक समानुपातिकबाट सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। पार्टीको समानुपातिक बन्दसूचीमा राखिने उम्मेदवार छनोट गर्न बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। समानुपातिक निर्वाचन प्रणाली लागू भएयता ०६४, ०७०, ०७४ र ०७९ सालमा भएका निर्वाचनबाट समानुपातिक सूचीमा परी प्रतिनिधि सभा र प्रदेश सभामा सांसद बनेकाहरूलाई अबको सूचीमा राख्ने छैन।
बैठकका एक सदस्यका अनुसार, ‘अहिलेसम्म मौका नपाएका नयाँ उम्मेदवारहरू मात्रै कांग्रेसको समानुपातिक सूचीमा रहनेछन्।’ कार्यसम्पादन समितिको बैठक हाल पनि जारी रहेको छ र यसै बैठकले समानुपातिक तर्फ बन्दसूचीमा रहने उम्मेदवारको अन्तिम नाम छनोट गर्ने तयारी गरिरहेको छ।
१३ पुस २०८२, आईतबार ०४:०२ मा प्रकाशित