काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले सचिव पदमा उम्मेदवार नबन्ने स्पष्ट पारेका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट सचिव पदका लागि आफ्नो नाम आएको विषयमा जानकारी नभएको बताउँदै भट्टले हाल आफू उपमहासचिव पदका दाबेदार रहेको जनाएका छन् । नेपाल प्रेससँगको सम्पर्कमा आएका उनले यसबारे केही समय कुर्न आग्रह गरेका छन् ।
आफू यसअघि नै सचिव भइसकेकाले सोही पदमा पुनः उम्मेदवार नबन्ने निर्णयमा रहेको र यस विषयमा पार्टीका शीर्ष नेताहरूसँग छलफल जारी रहेको स्रोतले जनाएको छ । एमालेको नेतृत्व चयन प्रक्रियामा भट्टको भूमिकाबारे चासो बढिरहेका बेला उनको यस भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
३० मङ्सिर २०८२, सोमबार ११:४९ मा प्रकाशित