आज काठमाडौँसहित नेपाली बजारमा सुनचाँदीको मूल्य एकैसाथ उकालो लागेको छ। शुक्रबारको तुलनामा आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ३ सय रुपैयाँले उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ५०० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाल सुन दुई लाख ९१ हजार रुपैयाँ र चाँदी चार हजार ७१० रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभावसमेत देखिँदा आज अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एक औँस सुन चार हजार ४६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने त्यति नै परिमाणको सेतो धातु अर्थात् चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।
२६ माघ २०८२, आईतबार ११:४२ मा प्रकाशित