काठमाडौं । किष्ट अस्पतालमा गर्भवती महिलाको मृत्युको घटनापछि तनाव सिर्जना भएको छ।
अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले आइतबार प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा आफन्तले प्रहरी घेरा तोडेर अस्पतालमा तोडफोड गरेका हुन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरी भीड तितरबितर पारेको काठमाडौं उपत्यका प्रहरी परिसरले जनाएको छ।
शुक्रबार राति उपचारका क्रममा एक गर्भवती महिलाको ज्यान गएको थियो।
त्यसपछि आक्रोशित आफन्तहरूले शनिबार पनि अस्पतालमा सामान्य तोडफोड गरेका थिए।
आफन्तहरूको भनाइअनुसार, अस्पतालको लापरबाहीका कारण महिलाको मृत्यु भएको हो।
उनहरूका अनुसार, घटनापछि पनि अस्पताल प्रशासनले संवादका लागि पहल नगरेको आरोप लगाइएको छ।
घटनापछि अहिले किष्ट अस्पताल वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।