एमाले महाधिवेशन अवधारणापत्र बुझाउँदै ईश्वर पोखरेल नेतृत्वको समूह

nepaltext.com

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूहले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारेको अवधारणापत्र आज पार्टी केन्द्रीय कार्यालयमा बुझाउने भएको छ।

उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार दिउँसो पार्टी कार्यालयमा अवधारणापत्र बुझाइनेछ। पोखरेलको अगुवाइमा तयार पारिएको दस्तावेज सार्वजनिक पनि गरिने पाण्डेका भनाइ छ।

उपाध्यक्ष पाण्डेले भने, ‘आजै हामी हाम्रो समूहको तर्फबाट कमरेड ईश्वर पोखरेलको अगुवाइमा अवधारणापत्र सार्वजनिक गर्दैछौं। त्यसपछि पार्टी कार्यालय वा अध्यक्षलाई बुझाएर पत्रकार सम्मेलन गर्दैछौं।’

उक्त अवधारणापत्र नेतृत्व परिवर्तनसम्बन्धी निष्कर्षसमेत समेटिएको छ।

प्रतिक्रिया