सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश घोषणा

nepaltext.com

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तपुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २०० रुपैयाँको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। यस निर्णयअनुसार कम्पनीले नगद लाभांशबापत कुल ३९ करोड ३९ लाख ५७ हजार ७३० रुपैयाँ वितरण गर्नेछ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई शेयरधनीहरूलाई वितरण गरिने जनाएको छ।

प्रतिक्रिया