नेपाली बोलायो कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा ७ वटै प्रदेश सभापतिलाई बोलाइएको छ भन्ने जानकारी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले दिएका छन्। बैठकमा महाधिवेशनको तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट आएको उम्मेदवार सिफारिसलगायत विषयमा केन्द्रित हुने बताइएको छ।

प्रतिक्रिया