काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङ पुगेका छन्।
चीनको थियानजिन सहरमा सम्पन्न शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी भएपछि उनी रेलमार्ग हुँदै बेइजिङ प्रस्थान गरेका हुन्।
बेइजिङमा ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
त्यस अवसरमा उपराष्ट्रपति चङ्गद्वारा आयोजित विशेष रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ।
१७ भदौ २०८२, मङ्गलबार ०२:५३ मा प्रकाशित