शुक्रबार सुनचाँदीको मूल्य घट्यो

nepaltext.com

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार घटेर २ लाख ५८ हजार ४०० रुपैयाँ कायम भएको हो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ४ हजार ८० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर तोलामा ४ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया