नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्यो

श्याम खतिवडा

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार सात सय रुपैयाँले वृद्धि भएको हो। यससँगै आज सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार छ सय रुपैयाँ कायम थियो। सुनसँगै चाँदीको मूल्य पनि आज उकालो लागेको छ। आज चाँदी प्रतितोला एक सय ३५ रुपैयाँले बढेर पाँच हजार तीन सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया