एमाले घरदैलो अभियान सुरु, महाधिवेशनका लागि जनतामा निमन्त्रणा

nepaltext.com

काठमाडौँ । नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा व्यापक सहभागिता सुनिश्चित गर्न घरदैलो अभियान सुरु गरेको छ । उपमहासचिव प्रदीप ज्ञवालीले आज बिहान काठमाडौँ–२ अन्तर्गत वीरेन्द्र चोक र काँडाघारी क्षेत्रबाट अभियान थालनी गर्दै जनतासँग प्रत्यक्ष भेटघाट गरेका हुन् । अभियानको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन्, जसमा केन्द्रिय नेताहरूका साथै बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेललगायतका नेताहरू सक्रिय छन् । मंसिर २७ देखि काठमाडौंमा शुरु हुने एघारौँ महाधिवेशनमा ३ लाखभन्दा बढी सहभागी जुटाउने लक्ष्यसँगै एमाले तयारीका अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया