मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन

nepaltext.com

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएका उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। अस्पतालका अनुसार उनको पिसाबमा भएको संक्रमण शरीरभरि फैलिएको थियो। सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेर शाहलाई भेटेकी थिइन्।

प्रतिक्रिया