नवनिर्वाचित सांसदहरूले लिए शपथ

nepaltext

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ ग्रहण गराएका हुन्। संसद् सचिवालयका अनुसार कुल ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्।

सांसदहरू आ-आफ्नै भेषभूषामा उपस्थित भएका थिए र शपथ ग्रहण कार्यक्रममा औपचारिक वातावरणमा नयाँ संसद् कार्यकालको सुरुआत गरिएको छ।

प्रतिक्रिया