सचिव पदको मतगणना: बस्नेत र विश्वकर्मा अग्रस्थानमा

nepaltext.com

काठमाडौं । नेकपा एमालेको नौ जना सचिव पदका लागि भएको निर्वाचनको मतगणनामा संस्थापन पक्षको प्रभुत्व स्पष्ट देखिएको छ। पछिल्लो मतगणनाअनुसार संस्थापन पक्षका महेश बस्नेत र छविलाल विश्वकर्माले समान ३११–३११ मतसहित सर्वाधिक लोकप्रिय मत प्राप्त गरेका छन्। सुरुवाती अपडेटमा पद्मा अर्याल अग्रस्थानमा रहेकी थिइन् भने दोस्रो अपडेटपछि बस्नेतले उनलाई उछिनेका हुन्। अर्यालले हालसम्म ३०५ मत पाएकी छन्। चौथो सर्वाधिक मत शेरधन राईले प्राप्त गरेका छन् र उनलाई अहिलेसम्म ३०० मत आएको छ।

मतगणनाको पछिल्लो अवस्थाअनुसार टप नौभित्र अटाएका अन्य पाँच उम्मेदवारमा क्रमशः हिक्मत कुमार कार्की, यामलाल कँडेल, खगराज अधिकारी, भानुभक्त ढकाल र राजन भट्टराई रहेका छन्। ईश्वर पोखरेल पक्षका उम्मेदवार गोकुल बास्कोटालाई सचिव पदका लागि बलियो दाबेदारका रूपमा हेरिए पनि उनी हाल टप नौभित्र अटाउन संघर्षरत देखिएका छन्। बास्कोटाले अहिलेसम्म १९२ मत मात्र प्राप्त गरेका छन् भने पोखरेल पक्षका अन्य उम्मेदवारहरू पनि पछाडि परेका छन्। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।

प्रतिक्रिया